|

काठमाडौं : नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले कांग्रेस अधिवेशनमा बागमती प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

शनिबार काठमाडौंस्थित शान्तिवाटिकामा उम्मेदवारी घोषणा गर्दै नेता प्रधानले संविधानको मर्म र भावना अनुरूप संघीयताको संस्थागत विकास गराउनका लागि आफूले भूमिका खेल्ने बताए।

संघीयता कार्यान्वयन निकै फितलो रहेको उल्लेख गर्दै उनले आफू बागमती प्रदेश सभापति भए संघीयताको संस्थागत विकासका लागि काम गराउन सक्ने दाबी गरे।

उनले भने, ‘संघीय संरचनाअन्तर्गत संविधानमा तीन तहको सरकारको व्यवस्था गरेको छ। पार्टीको तीन तहको संरचना बनेको छ। त्यसलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न मैले उम्मेदवारी दिएको छु।’

संविधानको भावनालाई संस्थागत रूपमा लान आफूले उम्मेदवारी दिएको दाबी गरे। संघीयता, प्रदेश, केन्द्र र प्रदेशको द्वन्द्व, प्रदेश र स्थानीय सरकारबीच देखिएका द्वन्द्व निराकरण गर्दै यसको संस्थागत विकास गराउन सक्ने उनले दाबी गरे।

उनले भने, ‘त्यसैले मैले त्यसतर्फ मेरो उम्मेदवारी दिने इच्छा गरेको छु।’ उनले प्रदेशभित्रका सबै जिल्लासँग समन्वय गरी बागमती प्रदेशलाई नमुना प्रदेश बनाउने आफ्नो आशय रहेको पनि चर्चा गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.