|

काठमाडौं : रुसमा खानीमा दुर्घटनामा कम्तिमा ५१ जनाको मृत्यु भए पछि ५ जनालाई अनुसन्धानकै क्रममा २ महिना कैद सजाय सुनाइएको छ।

रुसी अधिकारीहरूले गत बिहीबार दक्षिणपश्चिम साइबेरियाको केमेरोभो क्षेत्रमा रहेको लिस्टभ्याज्नाया खानीमा मिथेन विस्फोट हुँदा ५१ जनाको मृत्यु भएको जानकारी दिएका थिए।

रुसमा सन् २०१० यताको यो त्रासदी सबैभन्दा घातक मानिएको छ। केमेरोभो सहरको केन्द्रीय जिल्ला अदालतले लिस्टभ्याज्नाया खानीका निर्देशक सर्गेई मखराकोभ, उनका सहायक आन्द्रेई मोलोस्तभोभ र खण्ड पर्यवेक्षक सर्गेई गेरासिमेनोकलाई कैद सजाय सुनाएको हो।

उनीहरूले खतरनाक उत्पादन सुविधाहरूको लागि औद्योगिक सुरक्षा आवश्यकताहरू उल्लङ्घन गरेको आरोप लागेको छ। जसको परिणामस्वरूप धेरै जनाको मृत्यु भएको थियो। दोषी प्रमाणित भएमा उनीहरुलाई ७ वर्षसम्म कैद हुनसक्छ।

मस्कोबाट करिब ३,५०० किलोमिटरपूर्वमा रहेको क्षेत्रमा दुर्घटना भएको थियो। भेन्टिलेसन शाफ्टबाट (वायु संचार पातलो डण्डा)मा धुवाँ फैलिँदा करिब २ सय ८५ जना खानीभित्र रहेको आपतकालीन मन्त्रालयले जनाएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.