|

काठमाडौं : नेकपा एमालेको १०औँ महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने तयारीमा रहेका उपाध्यक्ष भीम रावलको पर्चा वितरणमा रोक लगाइएको छ। स्वयंसेवकहरूले महाधिवेशन प्रतिनिधिहरूलाई पर्चा नबाँड्न चेतावनी दिएका हुन्। 

प्रतिनिधिहरूलाई भीम रावलको पर्चा वितरण गरिएको थियो। पर्चा बाँड्दै मूलगेटसम्म पुगेका रावल पक्षका कार्यकर्ताहरूलाई एमाले स्वयंसेवकहरूले पर्चा बाँड्न रोक लगाएका छन्। 

भीम रावलले, ‘अध्यक्ष पदमा मेरो उम्मेदवारी किन?’ लेखिएको पर्चा वितरण गराएका थिए। अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्ने बताइरहेको बेलामा उपाध्यक्ष रावल अध्यक्षमा चुनाव लड्न शनिबारदेखि नै भोट माग्न व्यस्त छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.