|

सिन्धुपाल्चोक : नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को सभापतिमा बालकृष्ण बस्नेत र २ को सभापतिमा आइतमान तामाङ निर्वाचित भएका छन्।

शनिबार भएको क्षेत्रीय निर्वाचनको नतिजा आइतबार बिहान आएको हो। बस्नेत तेह्रौं अधिवेशनमा समेत साविक क्षेत्र नम्बर १ को सभापतिमा निर्वाचित भएका थिए भने तामाङ साविक क्षेत्र नम्बर ३ को सभापतिमा निर्वाचित भएका थिए। साविक क्षेत्र नम्बर २ मा भने टंक कार्की सभापतिमा निर्वाचित भएका थिए।

देश संघीय संरचनामा गएपछि बनेको २ क्षेत्रमध्ये १ मा बस्नेतले र २ मा तामाङले नै नेतृत्व गरिरहेका थिए। कार्की भने यो पटक महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवार भएका छन्। मतदान सकिएपनि सो पदको नतिजा भने आएको छैन।

शनिबार भएको निर्वाचनबाट बस्नेतले तीर्थ लामालाई पराजित गरेका थिए भने तामाङले कृष्णबहादुर तामाङलाई पराजित गरेका थिए। दुवै उम्मेद्वारको प्यानल नै विजयी भएको हो।

बस्नेतको प्यानलबाट सचिवमा कृष्ण प्रसाद आचार्य र सञ्चवीर तामाङ, सहसचिवमा अजय तामाङ र सुजन पौडेल विजयी भएका छन्। सदस्यहरुमा भने निमा शेर्पा, रामशरण बस्नेत, नेत्रबहादुर सापकोटा, पदमलाल श्रेष्ठ, रामशरण भण्डारी, स्वस्थानी कार्की थापा, हिरा बहादुर भण्डारी, देवदोर्जे तामाङ र मानकाजी गुरुङ निर्वाचित भएका छन्। बस्नेत सभापति शेरबहादुर देउवा समूहका हुन्।

क्षेत्र नम्बर २ को सभापतिमा तामाङसहित सचिवमा केशव श्रेष्ठ र विष्णु घोरासैनी, सहसचिवमा प्रेमसिंह तामाङ र दीपकुमार तामाङ र सदस्यहरुमा सुशीला लामिछाने, बुद्धिबहादुर तामाङ, शम्भुप्रसाद कोइराला, साइला तामाङ र तामा माझी निर्वाचित भएका छन्। तामाङ वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेता हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.