काठमाडौं : नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले १० औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरिरहे पनि उपाध्यक्ष रावलले भने भोट माग्नमा व्यस्त छन्।
रावलनिकट कार्यकर्ताहरुले ‘अध्यक्ष पदमा मेरो उम्मेदवारी किन?’ लेखिएको ३१ पृष्ठको पर्चा प्रतिनिधिहरूलाई वितरण गरिरहेका छन्। तर, प्रतिनिधिहरूलाई रावलको पर्चा बाँड्न स्वयंसेवकले रोक लगाएका छन्।
पार्टीले थप क्षति व्यहोर्नु नपरोस् तथा राष्ट्रिय राजनीति र देशको लागि गर्नुपर्ने कर्तव्य पूरा गर्न नेकपा एमाले सक्षम बनिरहोस् भन्ने भावनाको साथ पार्टी फुटको विपक्षमा उभिएको उल्लेख गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।