|

चितवन : नेकपा (एमाले)को दशौं महाधिवेशनको बन्द सत्र अझै सुरु हुन सकेको छैन। १० बजेदेखि दुई १२ बजेसम्मका लागि सारिएको बैठक अझै सुरु हुन नसकेको हो। 

अध्यक्ष केपी शर्मा ओली पार्टी पदाधिकारीमा सहमति जुटाउन नेता तथा कार्यकर्ताहरूसँग बिहानैदेखि छलफलमा जुटिरहेका छन्। शनिबारदेखि जारी बन्द सत्रमा ओलीलाई सचिवालयका १९ जना पदाधिकारीसहित केन्द्रीय समितिका सबै सदस्यको नामावली प्रस्ताव गर्न जिम्मा दिइएको थियो। 

तर‚ पदाधिकारीका आकांक्षी धेरै भएकाले ओलीलाई पदाधिकारीमा सहमति जुटाउन सकस परेको छ। एमालेको अध्यक्षमा दावी गरिरहेका भीम रावल आफू निकट नेता कार्यकर्तासँग छलफलमा बसेका छन्। 

ओली र उपाध्यक्ष रावल आ-आफ्नै रणनीतिमा अघि बढिरहेका छन्। ओलीलाई भेट्न आएका नेताहरु पार्क सफारी रिसोर्टमा कुरिरहेका छन्। महाधिवेशन प्रतिनिधिहरू भने बन्दसत्र स्थल सेभेन स्टार होटलमा कुरिरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.