|

चितवन : चितवनको सौराहामा प्रतिपक्षी दल नेकपा एमालेको जारी राष्ट्रिय महाधिवेशनमा बन्दसत्र अझै शुरु भएको छैन।

एमाले अध्यक्ष केपी शर्मा ओली अझै पदाधिकारी तथा केन्द्रीय समितिको नामावली तयार पार्न छलफल गरिरहेकाले बन्दसत्र शुरु हुन नसकेको हो।

अध्यक्ष ओली १२ घन्टादेखि नामको अन्तिम सूची तयार पार्न रिसोर्टको एउटा कोठामा छलफलमा व्यस्त रहेका छन्।

केहीबेरअघि मात्र उपमहासचिव विष्णु पौडेलले ओलीको कोठाबाट तल झरेर नामको सूची फेरि प्रिन्ट गरेर लगेका छन्।

तर उनले प्रिन्ट गरेर लगेको नामावलीमा पार्टीको ओलीको नाममात्र प्रिन्ट गरिएको छ। अध्यक्षमा उनको नाम प्रिन्ट गरिएको छ भने अन्य सबै पदाधिकारीको पदको अगाडि कसैको पनि नाम लेखिएको छैन, खाली छ।

सबैको नाम ओली आफैंले हातैले लेख्ने अनुमान गरिएको छ। 

उनीसँग नामावली र बन्दसत्रबारे सोधिएका कुनै पनि प्रश्नको उनले जवाफ दिएनन्।

यसबाट पदाधिकारीसहित केन्द्रीय समितिको अन्तिम नामावली तयार भएको अनुमान गरिएको छ।

हिजोको बन्दसत्रमा प्रतिनिधिहरूले पदाधिकारीसहित केन्द्रीय समितिको नाम प्रस्ताव गर्ने जिम्मा तथा सर्वाधिकार अध्यक्ष ओलीलाई नै दिएको थियो।

उपमहासचिव पौडेलले प्रिन्ट लिएर ओलीको कोठामा गएपछि केही नेताहरू भने तल ओर्लिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.