|

चितवन : चितवनको सौराहामा नेकपा एमालेको जारी महाधिवेशनमा अझै बन्दसत्र शुरु हुन सकेको छैन।

बिहान हुनुपर्ने भनि तय भएको बन्दसत्र करिब १२ घन्टासम्म पनि शुरु भएको छैन।

यसबीच एमाले अध्यक्षमा उम्मेद्‌वारी दिने घोषणा गरेका उपाध्यक्ष डा. भीम रावल पक्षका कार्यकर्ता बन्दसत्रस्थलमा भेला हुन थालेका छन्।

अध्यक्ष ओलीसँग छलफलमा नबसेका रावल जय पराजय जे भएपनि अध्यक्षमा उम्मेदवारी दिने अडानमा छन्।

बन्दसत्रस्थलमा अध्यक्ष ओली पक्षका कार्यकर्तासमेत भेला भइरहेका छन्।

दुवै पक्षका कार्यकर्ताको भीड बढेपछि महाधिवेशनस्थलमा सुरक्षाकर्मीको संख्या पनि थपिएको छ र सुरक्षा व्यवस्था कडा बनाइएको छ।

रावल पक्षका कार्यकर्ता र ओली पक्षका कार्यकर्ताबीच झडप हुनसक्ने सम्भावनाका कारण सुरक्षा कडा पारिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.