|

चितवन : नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले सिद्धान्त र नीतिको पालना गर्दै प्रक्रियागत रुपमा पार्टी नेतृत्व छनोटका लागि निर्वाचन हुनुपर्ने बताएका छन्।

पार्टी अध्यक्षका लागि मनोनयन पत्र भर्दै उनले भने, 'पद पाउनका लागि मात्र निर्वाचन हुने होइन। लोकतन्त्रमा सार्वभौम नागरिकले चुन्ने र चुनाउने अधिकार पाउँछन्।'

आफ्नो कार्यक्षमता महाधिवेशनमा आएका प्रतिनिधिहरुले कसरी मूल्यांकन गर्छन् भन्ने कुरा निर्वाचनले देखाउने उनको भनाइ थियो।

उनले आफूसँग अरुलाई चुन्न पाउने र चुनिन पाउने अधिकार रहेको बताए।

आफू अध्यक्षको उम्मेदवारको रुपमा प्रस्तुत हुने उनले बताए।

उनले भने, 'प्रतिनिधिले रोजे नेतृत्व गर्छु। यस्तो सहमतिको सम्पूर्ण प्रक्रियामा असहमति छ। म निर्वाचन प्रक्रियामा जान्छु।'

उनको संकेत अहिले बन्दसत्रमा भइरहेका सबै प्रक्रियातर्फ थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.