|

चितवन : ​एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षका लागि मनोनयन फाराम भर्न पठाएका छन्।

सौराहामा जारी एमाले महाधिवेशनमा फेरि पार्टी अध्यक्ष बन्नका लागि उनले पार्टी निर्वाचन आयोगमा फाराम दर्ता गर्न पठाएका हुन्।

तर निर्वाचन आयोगका पदाधिकारीले भने भोलि बिहान ८ बजे आउनु भन्दै निस्किए।

बन्दसत्रमा नाम प्रस्ताव गर्दै अध्यक्ष ओलीले कसैले चुनाव लड्छु नै भने फाराम भरेर लड्न पाउने बताए।

उनले तर भोलि भने महाधिवेशन जसरी पनि सकेर फर्कनु पर्नेमा जोड दिए।

आफूले भनेको नामका व्यक्तिलाई मनोनयन फाराम भर्न आग्रह ओलीले गरेका थिए।

अरुले पनि फाराम भरेर चुनाव लड्न सक्ने तर त्यसो गरेर आफूलाई अप्ठ्यारोमा नपार्न ओलीले प्रतिनिधिहरूसँग आग्रह गरे।

उनले प्रस्ताव गरेका व्यक्तिहरु फाराम भर्न हलबाट निस्किए।

पदाधिकारीको प्रस्ताव अहिले रोकिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.