|

तनहुँ : नेपाली कांग्रेस तनहुँ सभापतिमा जितप्रकाश आले निर्वाचित भएका छन्। आलेले ९५१ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी वैकुण्ठनाथ न्यौपानेले ७८३ मत प्राप्त गरेका छन्।

उपसभापतिमा राजेन्द्रकृष्ण श्रेष्ठ र देवकुमार श्रेष्ठ निर्वाचित भएका छन्। राजेन्द्रकृष्णले ९०७ मत पाएका छन् भने देवकुमारले ८७६ मत पाएका छन्। राजेन्द्रकृष्ण ऋषिङ गाउँपालिकाका अध्यक्ष समेत हुन् भने देवकुमार नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हुन्। उपसभापतिका प्रतिस्पर्धी किसान गुरुङले ८६६ र उदयराज गौलीले ७२१ मत पाएका छन्।

त्यस्तै‚ सर्वाधिक मतका साथ सचिवमा लक्ष्मीभक्त खनाल निर्वाचित भएका छन्। खनालले १०२० मत प्राप्त गरेका छन्। अर्को सचिवमा सहदेव अधिकारीले ८१२ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। सचिवका प्रतिस्पर्धी मोहन गिरीले ८०७ र केशबहादुर सुनारले ७२७ मत पाएका छन्। 

त्यसैगरी मिलन आलेले ९२० मत प्राप्त गर्दै सहसचिवमा निर्वाचित भएका छन्। अर्को परमेश्वर भट्टराईले ८५९ मत प्राप्त गरी सहसचिवमा निर्वाचित भएका हुन्। सहसचिवका प्रतिस्पर्धी  हुतिमणि अधिकारीले ७७६ र धीरेश खनालले ७७४ मत पाएका छन्। कुल १ हजार ७८३ मत खसेको थियो।

अन्य सदस्य पदको मतगणना भने आइतबारका लागि स्थगित गर्ने र सोमबार बिहान ८ बजेदेखि गणना गरिने प्रमुख निर्वाचन अधिकृत फणिन्द्रराज कोइरालाले जानकारी दिए। उनका अनुसार अन्य सदस्यहरु तथा क्षेत्रीय प्रतिनिधिको भने ६०० मत मात्रै गणना गरिएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.