|

इलाम : इलामको माङसेबुङमा जारी १४ औं संस्करणको आत्मानन्द कप खेलकुद प्रतियोगितामा बिबिएफसी दमक सेमीफाइनल प्रवेश गरेको छ।

माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द खेल मैदानमा आइतबार भएको दोश्रो क्वाटरफाइनल खेलमा रेड हर्ष इलामलाई ६–० ले पराजित गर्दै दमक अन्तिम चारमा प्रवेश गरेको हो। खेलको चौथो मिनेटमा नै किस्मत लिम्बूले गोल गर्दै दमकलाई अग्रता दिलाएका थिए। यसैगरी खेलको नवौं मिनेटमा पुनः लिम्बूले नै गोल गर्दै अग्रता दोब्बर बनाए।

खेलको सुरुवातबाटै इलाममाथि हावी भएको दमक खेलको १४औं मिनेटमा आशीष चापागाईंले अग्रता तेब्बर बनाए। खेलको ४७ औं मिनेटमा गौरव धिमालले गोल गर्दै ४–० को अग्रता बनाए।

दोस्रो हाफमा समेत दबाब बनाएको खेलको ६४ औं मिनेटमा राजन धिमालले गोल गर्दै ५–० को अग्रता बनाए। खेलको ६७ औं मिनेटमा विक्रम राईले गोल गर्दै दमकलाई ६–० ले जित दिलाए। खेलको म्यान अफ द म्याच किस्मत लिम्बू घोषित भए।

प्रतियोगिता अन्तर्गत आज तेस्रो क्वाटरफाइनल खेल फिदिम स्पोर्टिङ क्लब पाँचथर र झापा–११ झापाबीच हुनेछ। प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ। प्रतियोगितामा इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र भारतको दार्जिलिङ गरी आठ टिमको सहभागिता रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.