काठमाडौं : नेपाली कांग्रेस काठमाडौंमा प्रकाशमान सिंह र गगन थापाको समूह विजयी भएको छ।
यो समूहको प्यानल नै विजयी भएको हो। सभापतिमा कृष्ण बानियाँ (सबुज) एक हजार ९५७ मत ल्याएर विजयी भएका हुन्।
उपसभापतिमा गोकर्ण केसी १ हजार ९२२ मत पाएर विजयी हुँदा सचिवमा इन्द्र बहादुर थापा १ हजार ९१५ मत पाएर विजयी भएका छन्। सहसचिवमा अमिता प्रधान दुई हजार ६६ मत ल्याएर विजयी भएकी छिन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।