|

काठमाडौं : एमाले अध्यक्ष केपी ओलीले एमालेको अनुशासन आयोगको अध्यक्षमा केशव बडाल र लेखा आयोगको अध्यक्षमा पुष्प कँडेलको नाम प्रस्ताव गरेका छन्। 

दुबै आयोग २५/२५ सदस्यीय हुने व्यवस्था एमालेको विधानले गरेको छ। अध्यक्ष ओलीले महाधिवेशनको बन्दसत्रमा एमालेको केन्द्रीय समितिका पदाधिकारीसँगै बडालको अध्यक्षतामा २५ सदस्यीय अनुशासन आयोग र कँडेलको अध्यक्षतामा २५ सदस्यीय लेखा आयोगमा रहनेको नाम पनि प्रस्ताव गरेका हुन्। ओलीले प्रस्ताव गरेका नाम हलबाट पारित भएको छ।

अनुशासन आयोगमा ११ महिला र १४ जना पुरुष छन् भने लेखा आयोगमा ९ महिला र १६ पुरुष छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.