|

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन्। दशरथ रंगशालामा गत सिजनको च्याम्पियन मछिन्द्र क्लब साविक उपविजेता त्रिभुवन आर्मी क्बल आमनेसामने हुँदैछन्। खेल अपराह्न पौने ५ बजे हुनेछ।

यस्तै‚ ब्रिगेड ब्वाइज क्लब र एनआरटी क्लबबीच दिउँसो १ बजे खेल हुनेछन्। पहिलो खेलमा ब्रिगेडले विभागीय टिम एपिएफलाई ३-२ ले पराजित गर्दै सुखद् सुरूवात गरेको थियो। एनआरटी भने लिगमा पहिलो जितको खोजीमा छ। पहिलो खेलमा एनआरटी साविक च्याम्पियन मछिन्द्र एफसीसँग २-१ ले पराजित भएको थियो।

जारी सिजन पनि उपाधि दाबेदारी कायम राख्न लगातार दोस्रो जितको खोजिमा मछिन्द्र रहने छ। आर्मी भने पहिलो जितको प्रतिक्षामा छ। आर्मीले पहिलो खेलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबसँग १-१ गोलको बराबरी खेलेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.