|

चितवन : नेकपा (एमाले)का नेता महेश बस्नेतले पदाधिकारीमा सर्वसम्मत गर्दा आफू नअटेको प्रतिक्रिया दिएका छन्।

सचिवमा उम्मेदवारी दिने घोषणा गरेका बस्नेत दशौं महाधिवेशनको बन्दसत्रमा केपी शर्मा ओलीले सार्वजनिक गरेका पदाधिकारीको समेटिएका छैनन्। ओलीका विश्वास पात्रको रुपमा लिइने बस्नेतले पदाधिकारीमा सर्वसम्मत गर्दा आफू नअटेको बताएका छन्।

उनले भने‚ ‘योगदानअनुसार सचिव हुन्छु जस्तो लाग्थ्यो तर पार्टीमा सर्वसम्मत गराउँदा अटाउन सकिनँ।’

उनले आफू सचिव भएको भए पार्टीको स्पिड बेग्लै हुने बताएका छन्। ‘म सचिव भएको भएँ पार्टी १२० को स्पिडमा चल्थ्यो‚’ उनले भने‚ ‘अब अलि स्पिड कम हुन्छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.