|

काठमाडौं : एमाले महाधिवेशनमा खाना खाजा नदिएको भन्दै प्रतिनिधिहरुले आक्रोश पोखेका छन्। 

महाधिवेशनमा खाना नास्ता नपाएपछि उनीहरु आक्रोशित छन्। एमालेको महाधिवेशन हिजोसम्म चल्ने भनिए पनि पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति नजुट्दा महाधिवेशन लम्बिएको छ।

यसरी महाधिवेशन लम्बिएपछि उनीहरुलाई बस्न र खानको समस्या भएको गुनासो गरेका छ।  महाधिवेशन प्रतिनिधि मालती सुब्बाले दिएर खानुपर्ने मान्छे माग्दा पनि खान नपाइएको भन्दै आक्रोश पोखिन्। उनले बसेको होटलमा खान जादा टाढा हुने भन्दै खाजा खान पनि निकै सकसपछि खाजाको कुपन पाइएको बताइन्।

यस्तै अर्की प्रतिनिधी होमकुमारी साँवाको गुनासो उस्तै थियो। उनले भनिन्, ‘कार्यक्रमस्थलबाट होटेल डेढ किलोमिटर दुरीमा छ। हिड्दा हिड्दै हैरान। खानैको लागि दौडधूप।  जे गरेपनि सहमति नहुने रहेछ। हिजै मतदान गरेको भए दुःख हुने थिएन।’

एमालेमा हिजो सहमति नजुटेपछि अध्यक्ष उपाध्यक्ष र सचिव पदमा निर्वाचन हुने भएको छ। अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै सचिवमा अध्यक्ष ओलीको सूचीमा नअटाएका भीम आचार्य र उपाध्यक्षमा नेता घनश्याम भुसालले उम्मेदवारी दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.