|

चितवन : लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय ६७ वर्षीया मालती सुब्बाले चाकडी गर्नेलाई मात्र केन्द्रीय समितिमा मनोनयन गरिएको भन्दै असन्तुष्टि जनाएकी छन्।

मोरङकी सुब्बाले आफू राजनीतिमा लाग्दा जन्मिएकाहरू केन्द्रीय सदस्य भए पनि आफूले चाकडी नगर्दा बेवास्ता गरिएको आरोप लगाएकी छन्। उनले भनिन्‚ ‘म राजनीतिमा लाग्दा जन्मेकाहरु केन्दीय कमिटीमा परेका छन्।’

सुब्बाले २०३६ सालदेखि राजनीतिमा लागेको बताइन्। लामो समयसम्म पार्टीको कार्यकर्ता बनेकी उनलाई अध्यक्ष केपी शर्मा ओलीले लेखा समितिको सदस्य बनाएका छन्। य अघि पनि लेखा समिति सदस्य रहेकी उनलाई यो पटक पनि उही पदमा मनोनयन गरिएको छ।  उनले चाकडीको आधारमा केन्द्रीय सदस्य बाँडेको पनि आरोप लगाइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.