|

काठमाडौं : नेकपा एमालेका वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलसहित पाँच पदाधिकारी निर्विरोध निर्वाचित भएका छन्। 

निर्वाचन समितिले तोकेको समयभित्र अन्य उम्मेदवारको मनोनयन दर्ता नभएपछि पोखरेलसहित पाँच पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन्। महासचिव पदमा शंकर पोखरेल निर्विरोध निर्वाचित हुने भएका छन्। महासचिव पदमा पनि कसैको उम्मेदवारी दर्ता भएको छैन।

त्यसैगरी तीनजना उपमहासचिव पनि निर्विरोध निर्वाचित हुने भएका छन्।  उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरूङ र विष्णु रिमाल निर्विरोध हुने भएका हुन्।

उपमहासचिव पदमा पनि कसैको उम्मेदवारी दर्ता नभएको निर्वाचन समितिले जनाएको छ। यस्तै आठ पदमा निर्वाचन हुने भएको छ। जारी महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा मतदान हुने भएको हो।

ती पदमा विधानले व्यवस्था गरेको भन्दाबढी मनोनयन दर्ता भएकोले मतदान हुने भएको हो। महाधिवेशनको बन्दसत्रले सर्वसम्त नेतृत्वको नाम अनुमोदन गरेको भए पनि केही पदाधिकारी र केन्द्रीय सदस्य पदमा थप उम्मेदवारी परेको छ।

अध्यक्ष पदमा केपी शर्मा ओली र भीमबहादुर रावल बीच प्रतिस्पर्धा हुने भएको छ।  त्यस्तै उपाध्यक्षमा हलले अनुमोदन गरेको बाहेक घनश्याम भुसालले उम्मेदवारी दिएपछि सो पदमा पनि मतदान हुने भएको छ।

सचिव पदमा हलले अनुमोदन गरेको बाहेक भीम आचार्यले उम्मेदवारी दिएका छन्।  सात जना चाहिने सचिव पदमा आठ जनाको उम्मेदवारी परेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.