|

चितवन : नेकपा (एमाले)का यसअघिका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेता तथा प्रदेश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले गरेको नमस्कारलाई बेवास्ता गरेका छन्।

सोमबार अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराउन पुगेका ओलीलाई नेता राईले ‘सर नमस्कार’ भनेका थिए। तर‚ ओलीले नसुने झै गरे। तर‚ कार्यकर्ताको लहरमा रहेका झापाको बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले गरेको नमस्कार भने फर्काएका थिए। प्रसाईले ‘हजुर बुवा नमस्ते’ भन्दा ओलीले ‘नमस्ते’ भनेका थिए।

यस्तै‚ सहयोगीहरूसँग आएका ओलीलाई नेता तथा कार्यकर्ताहरूले नमस्कार गर्दै अभिवादन गरेका थिए। उनले केही कार्यकर्तासँग कुराकानी पनि गरेका थिए।

नेता राईले सुवास नेम्बाङलाई वरिष्ठ उपाध्यक्ष बनाउन लबिङ गरेका थिए। वरिष्ठ उपाध्यक्षमा नेम्बाङ र ईश्वर पोखरेलले दाबी नछाडेपछि ओलीलाई सर्वसम्मत गर्न सकस परेको थियो। ओलीको सर्वसम्मत सूचीमा नेम्बाङ उपाध्यक्षमा छन्। यस्तै‚ सबैभन्दा कान्छा पदाधिकारीमा उम्मेदवारी रहने बताएका राई पनि पदाधिकारीको सूचीमा परेका छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.