|

विश्व स्वास्थ्य संगठनले ​ओमिक्रोन भाइरसको घातकपन र यसले मानव स्वास्थ्यमा गर्ने क्षतिबारे अनुसन्धान हुन बाँकी रहेको बताएको छ।

विश्व स्वास्थ्य संगठनले हालै अफ्रिकामा देखा परेको यो भाइरस मानिसबाट मानिसमा सजिलै सर्ने वा यसले मानव स्वास्थ्यमा गर्ने क्षतिका विषयमा अनुसन्धान भइरहेको र अहिले नै यसको खतरनाकपनबारे स्पष्ट नभएको आइतबार जनाएको छ।

दक्षिण अफ्रिकाको धेरै जनसंख्या रहेको प्रान्त खाउतेङमा हालै नयाँ भेरिएन्ट देखिएको हो। यहाँ गत दुई सातायताका परीक्षणमा यो भेरियन्टको विकास भएको बताइएको छ। त्यसपछि यो भाइरस दक्षिण अफ्रिकाका अन्य प्रान्तमा पनि देखिएको छ।

ओमिक्रोनलाई यसअघिको डेल्टा भाइरसभन्दा पनि खतरनाक र चिन्ताजनक भेरियन्ट भनिएको छ। प्रारम्भिक प्रमाणले उक्त भेरियन्टमा यसअघिका भाइरसहरूमा भन्दा पनि संक्रमणको जोखिम उच्च रहेको बताइएको छ।

विश्व स्वास्थ्य संगठनले दक्षिण अफ्रिकामा यो नयाँ भेरियन्ट भेटिएको भनिएको प्रान्तमा कोरोना भाइरसका कारण मानिस अस्पताल भर्ना हुने बढिरहेको बताएको छ। तैपनि यो नयाँ भेरियन्ट के कति मात्रामा बढी घातक छ भन्नेबारे अझै अनुसन्धान भइनसकेको जनाएको छ।

यो महिनाको सुरुमा दक्षिण अफ्रिकामा पत्ता लागेको यस भाइरसबारे गत बुधबार विश्व स्वास्थ्य संगठनलाई जानकारी गराइएको थियो।

सो भेरियन्ट केही दिनमै विश्वका कैयौँ देशमा फैलिइसकेको बताइएको छ। बेलायतमा पनि यो नयाँ भेरियन्ट देखिएको बताइएको थियो। त्यस्तै आइतबार यो भेरियन्ट क्यानडामा पनि देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.