|

चितवन : नेकपा (एमाले)को नयाँ नेतृत्व चयन सर्वसम्मत रूपमा गर्न असफल भएपछि निर्वाचन हुँदै छ। वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव बाहेक अन्य पदाधिकारीमा निर्वाचन हुँदै छ।

अध्यक्षमा केपी शर्मा ओलीसहित भीम रावलबीच प्रतिष्पर्धा हुँदैछ। ६ जना उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, विष्णु पौडेल,सुवास नेम्वाङ, रामबहादुर थापा बादल र घनश्याम भुसालले उम्मेदवारी दिएका छन्।

सर्वसम्मतिका लागि भन्दै अध्यक्ष ओलीले पेश गरेको सूचीभन्दा फरक भुसालले उम्मेदवारी दिएपछि चुनाव हुन लागेको हो। सात सचिव निर्वाचित हुनुपर्नेमा ९ जनाको उम्मेदवारी परेको छ। ओलीको सूचीमा नपरेका भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएका छन्। 

विद्युतीय भोटिङ मेसिनबाट निर्वाचन हुने भएकाले प्रतिनिधिहरू त्यसमा अभ्यास गरिरहेका छन्।  रामलक्ष्मण मेसिन कम्पनीका प्राविधिक नवराज पाण्डेले मतदान गर्ने तरिका सिकाएका छन्।

तस्वीरहरू

भिडियो:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.