|
तस्बिर : शिला तिम्सिना

चितवन : नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भइरहेको चुनावमा केपी शर्मा ओलीले पेश गरेका पदाधिकारी तथा समस्यबाहेकका उम्मेदवारलाई मत नहाल्न संकेत गरिएको पत्र मतदाताहरूलाई वितरण गरिएको छ।

उक्त पत्रमा अध्यक्षका उम्मेदवार भीम रावल‚ उपाध्यक्षका उम्मेदवार घनश्याम भुसाल‚ सचिवका उम्मेदवार भीम आचार्य र टंक कार्कीलाई मतदान नगर्न अंकित गरिएको छ। मतदान भइराख्दा अध्यक्षका प्रत्यासी ओलीका कार्यकर्ताले उक्त पत्र वितरण गरेका हुन्।

यस कार्यप्रति घनश्याम भुसालले आपत्ति जनाएका छन्। यस्तै‚ भोट हाल्न दवाव दिएको भन्दै प्रतिनिधिहरूले पनि आपत्ति जनाएका छन। उनीहरूले स्वतस्फूर्त रुपमा मत हाल्ने अधिकारमा हस्तक्षेप भएको बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.