|

काठमाडौं : काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ। दिनहुँ तापक्रम घट्दै गएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौं उपत्यकामा आज यस वर्षकै कम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस मापन भएको मौसमविद् वरुण पौडेलले जानकारी दिए। मंगलबार बिहान देशका अधिकांश स्थानको मौसम बदली भएको छ। काठमाडौं उपत्यकासहित धेरैजसो स्थानमा हुस्सु लागेको महाशखाले जनाएको छ।

अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको असरको कारण मंगलबार दिनभर आकाश धुम्म हुने मौसमविद् पौडेलले जानकारी दिए। राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.