|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले भावी अध्यक्षमा राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने घोषणा गरेका छन्।

मंगलबार पत्रकार सम्मेलन गर्दै लोहनीले पार्टीको नेतृत्व नयाँ पुस्ताले पाउनुपर्ने भन्दै आगामी अध्यक्षमा लिङ्देनलाई समर्थन गर्ने जनाएका हुन्। उनले वर्तमान अध्यक्षहरू कमल थापा र पशुपति शमशेर राणालाई अभिभावको भूमिकामा रहन समेत आग्रह गरेका छन्।

दुई अध्यक्षमध्ये राणाले अध्यक्षमा नउठ्ने बताएका छन् भन् थापाले अध्यक्षको उम्मेदवारी घोषणा गरिसकेका छन्। राप्रपाको महाधिवेशन मंसिर १५ देखि हुँदैछ। आगामी अध्यक्षका लिङ्देनले यसअघि नै उम्मेदवारी घोषणा गरसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.