|

चितवन : नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत भएको मतदानको गणना सुरूपछि मतगणनाबाहिर फूल र खादा बिक्रीमा राखिएको छ।

एउटा मालाको १०० देखि १५० रूपैयाँमा बिक्री गर्ने बताइन्। यस्तै‚ खादाको मूल्य प्रतिगोटा पहेंलोको ५० र रातोको १५० रुपैयाँ राखिएको बताइन्।

मत परिणामपछि विजेताहरूलाई शुभकामना दिन फूल बिक्री हुने भएकाले त्यसलाई लक्षित गरी फूल बिक्रीमा राखेको स्थानीय सुमित्रा खनालले बताइन्।

मतगणना मंगलबार दिउँसो १ बजे सुरू भएको हो। बिहान ४ बजेदेखि भएको मतदान ११ बजे सम्पन्न भएको थियो। दुई हजार १५३ मतदाता रहेकोमा २ हजार ९६ जनाले मतदान गरेका थिए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.