|
तस्वीर सौजन्य : नेपाली सेना

काठमाडौं : नेपाली सेना र अमेरिकी सेनाबीच भएको विपद व्यवस्थापनसम्बन्धी एक महिना लामो संयुक्त सैन्य अभ्यास ‘एक्स-टिक–नेल–२२’ को सकिएको छ।

बलाध्यक्ष सरोजप्रताप राणाले उक्त अभ्यासको समापन गरेका हुन्। छाउनीस्थित रेञ्जर गणमा विशेष कार्यक्रममा संयुक्त सैन्य अभ्यासको समापन गरिएको हो।

समापनमा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी, नेपाली र अमेरिकी सेनाका अधिकारीहरूसमेत उपस्थित थिए।

सेनाको विपद् व्यवस्थापनअन्तर्गत उच्च हिमाली भेगमा खोज तथा उद्धारमा खटिने सैनिकमध्ये करिब ४५ जना र अन्य निकायबाट ४ जना तथा अमेरिकी सेनाका १७ जना गरि जम्मा ६६ जना सम्मिलित गरेर काठमाडौं, पोखरा र अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा सञ्चालन भएको थियो।

नेपाली सेना र अमेरिकी सेनाको संयुक्त अभ्यास 'एक्स-टिक–नेल–२२’ कात्तिक १५ गते सुरु भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.