|

चितवन : नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनबाट पूर्वमाओवादीका तीन जना नेता पदाधिकारी निर्वाचित भएका छन्। 

केपी ओलीको प्रस्तावित सूचीमा रहेका रामबहादुर थापा बादल, लेखराज भट्ट र टोपबहादुर रायमाझी विजयी भएका हुन्। बादल उपाध्यक्ष तथा भट्ट र रायमाझी सचिव पदमा निर्वाचित भएका हुन्। ६ जना उपाध्यक्ष चाहिनेमा बादल छैटौं नम्बरमै निर्वाचित भएका हुन्। 

यसअघि घनश्याम भुसालको उम्मेदवारीले वादल पराजित हुन सक्ने आशंका पनि गरिएको थियो।  सात जना आवश्यक सचिव पदमा भट्ट पाँचौं र रायमाझी छैठौं नम्बरमा विजयी भए । सचिवमा पनि पूर्वमाओवादी नेता दुई जना उठेकामा भीम आचार्य र टंक कार्कीको उम्मेदवारीले संशय उत्पन्न भएको थियो। 

तत्कालीन नेकपा फुटेका बेला केपी ओलीलाई साथ दिएका पूर्वमाओवादी नेताहरु चुनाव जितेरै पदाधिकारी बनेका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.