|
सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा अनशन स्थगनपछि जानकारी दिँदै डडेल्धुरा कांग्रेस सभापति कर्णबहादुर मल्ल।

काठमाडौं : ललितपुर सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा गरिएको अनशन स्थगन भएको छ।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा अनशन मंगलबार स्थगन गरिएको हो।

कांग्रेस डडेल्धुरा जिल्ला सभापति कर्णबहादुर मल्ललगायत नेता, कार्यकर्ताहरूले हटाइएका क्रियाशील सदस्य कायम गर्नुपर्ने, अवैधानिक ढंगले थपिएका क्रियाशील सदस्य खारेज गर्नुपर्ने, अवैधानिक वडा/पालिका अधिवेशन बदर गरी नयाँ अधिवेशन गराउनुपर्ने माग राखि मंसिर १ देखि सानेपामा अनशन गरेका थिए।

उपसभापति निधिले अनशनकारीहरूको पीरमर्का पार्टीको प्रदेश अधिवेशन र महाधिवेशनको बेलामा पनि आम जनतामाझ राखेर जाँदा राम्रो हुने सुझाव दिएपछि अनशन तोडिएको कांग्रेस डडेल्धुरा सभापति मल्लले बताए।

उपसभापति निधिले डडेल्धुरामा उजुरी छानबिन नगरी वडा/पालिकाहरूको अधिवेशन गरिनु गम्भीर विषय रहेको र डडेल्धुरा कांग्रेसका नेता कार्यकर्ताको माग र आग्रहप्रति आफ्नो एक्यबद्धता रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.