|
राखेपका नवनियुक्त सदस्यसचिव टंकलाल घिसिङ।

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्यसचिव टंकलाल घिसिङले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्। 

युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले सिंहदरबारस्थित मन्त्रालयमा घिसिङलाई शपथ गराए।

मन्त्रिपरिषद्को सोमबारको बैठकले घिसिङलाई ४ वर्षका लागि सदस्यसचिव नियुक्त गरेको थियो।

उनी नेपाल रग्बी संघका अध्यक्ष थिए। उनले आजै राखेपमा पनि पदभार ग्रहण गरेका छन्।

नवनियुक्त सदस्यसचिव घिसिङले राष्ट्रिय टोलीको सुधारमा जोड दिने जनाउँदै अन्तरराष्ट्रिय प्रतियोगितामा नेपाललाई कसरी सफलता दिलाउन सकिन्छ विशेष ध्यान दिने बताए।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागू भएयता छनोटबाट नियुक्त हुने घिसिङ दोस्रो सदस्यसचिव हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.