|

चितवन : नेकपा (एमाले)का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नवनिर्वाचित केन्द्रीय सदस्यलाई शालीन र अनुशासित बन्न निर्देशन दिएका छन्। 

चितवनको सौराहामा पार्टीको दशौं राष्ट्रिय महाधिवेशनलाई समापन गर्दै अध्यक्ष ओलीले नेताको जस्तो व्यवहार गर्न आग्रह केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका हुन्।

पुराना नेताले असल तौर तरिका नयाँलाई सिकाउने र नयाँले पनि उत्सुकताका साथ पुराना नेताबाट सिक्न जरुरी रहेको उनले बताए।

‘नयाँले उत्सुकता र जागरुकताका साथ सिक्ने काम गर्न जरुरी छ। नेता झैं व्यवहार गर्नुस्। शालिनता र विनम्रताका साथ व्यवहार गर्नुस्।' उनले भने, ‘घमण्ड र अहंकार छोड्नुस्। अहंकारी नेता हुँदैन र नेता अहंकारी हुँदैन। दम्भ र नेता मिल्ने कुरा होइन।’

ओलीले आफूहरु जनताका सेवक भएकाले विनम्रताका साथ देश र जनताको सेवामा समर्पित हुन आग्रह गरे। 

उनले अबको ३ महिना पार्टी एकीकरणको अभियान चलाउने बताए। पार्टीमा आन्तरिक बाह्य आक्रमण बढेको भन्दै पार्टीलाई जोगाउनुपर्ने पनि बताए।  प्राविधिक कारणले महाधिवेशन लम्बिएको भन्दै महाधिवेशन प्रतिनिधि, स्वयंसेवकलगायत सबैले देखाएको धैर्यताका लागि धन्यवाद पनि दिए। 

मंसिर १० देखि १२ गतेसम्म गर्ने भनिएको महाधिवेशन सर्वसम्मत नेतृत्व चयनको प्रयासका लागि भन्दै दुई दिन पछि धकेलिएको हो। तर अध्यक्ष, उपाध्यक्ष, सचिव र केही केन्द्रीय सदस्य पदमा भने निर्वाचन भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.