|

बझाङ : जिल्ला सदरमुकाम चैनपुर बजार नजिकै रहेको डुग्री बजारबाट २५ किलो लागुऔषध चरेशसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

मंगलबार क्षेत्रीय अनुसन्धान समूहले ३४ वर्षीया कल्पना रोकायालाई चरेशसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ। उनको किराना पसलमा चेकजाँज गर्दा लुकाई राखेको अवस्थामा चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञान बहादुर विष्टले जाकारी दिए। रोकायामाथि थप अनुसन्धान भइरहेको उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.