|

धनकुटा : नेपाली कांग्रेस धनकुटाको सभापतिमा दिनेश राई विजयी भएका छन्। सभापति शेरबहादुर देउवा पक्षीय राईले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका कमोट फागोलाई ३४ मत अन्तरले पराजित गरेका हुन्।

बुधबार बिहान सम्पन्न मतगणनाको मत परिणाम अनुसार राईले ५०४ मत र फागोले ४७० मत प्राप्त गरेका छन्। 

यस्तै‚ उपसभापतिमा सुनिल डंगोलले ४६६ र निर्मल ओझाले ४३० मत प्राप्त गर्दै विजय भएका छन्। डंगोल देउवा पक्षका हुन् भने ओझा पौडेल पक्षका हुन्। सचिवमा देउवा पक्षका विजय सन्तोषी राईले ६२६ र जयन्द्र घिसिङले ४३९ मत प्राप्त गर्दै विजयी भएका छन्।

सहसचिवमा देउवा पक्षका रोशन श्रेष्ठले ५१८ र गिरिजा दाहालले ४६६ मत प्राप्त गरी विजयी भएका छन्।

धनकुटा कांग्रेसको १ हजार ६७ क्षेत्रीय प्रतिनिधि रहेको भए पनि १ हजार १३ मत खसेको थियो। जसमा सभापतिका लागि ३९ मत बदर भएको थियो। धनकुटा कांग्रेसको सदस्यका लागि र संघीय महाधिवेशन प्रतिनिधिका भएको मतदानको मतगणना भइरहेको हुनाले बुधबार बेलुकासम्म नतिजा आउने निर्वाचन समितिका सदस्य खगेन्द्र प्रसाद घिमिरेले जानकारी दिए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.