|

काठमाडौं : इंग्लिस महिला फुटबल टीमले इंग्ल्याण्ड फुटबल इतिहासमै एकै टीम विरुद्ध सर्वाधिक गोलको कीर्तिमान बनाएको छ। महिला विश्वकप छनोट अन्तर्गत मंगलबार भएको खेलमा इंग्ल्यान्डले कीर्तिमानी २०-० को जित निकाल्यो।​

इंग्ल्याण्डकी इलेन ह्वाइटले ब्यक्तिगत कीर्तिमान समेत बनाइन। उनी इंग्ल्याण्डका लागि धेरै गोल गर्ने खेलाडीको सूचीमा शिर्ष स्थानमा उक्लिन सफल भइन। सन् २००५ पछि भारी अन्तरको जित निकाल्ने क्रममा चार खेलाडीले ह्याट्रिक गरे। जसमा मिड,  इलेन ह्वाइट,  हेम्प र रुसो थिए।

खेलको सुरुवात देखि अन्तिमसम्ममा गोलको वर्षा भएको खेलमा लात्भियाकी गोलरक्षक खेल अवधिभर ब्यस्त बनिन्। इंग्ल्याण्डकी गोलरक्षक भने पुरै फुर्सदिलो बनिन्। सन् २००५ मा इंग्ल्याण्ड हंगेरीमाथि १३–० को जित निकाल्दा उसको त्यो सर्वाधिक ठूलो जितको कीर्तिमान बनाएको थियो। इंग्ल्यान्डका १० खेलाडीले गोल गरेका थिए।

जसमा मिडले खेलको तेस्रो, १२ औं र २३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरिन भने ह्वाइटले छैटौं, नबौं र ४९ औं मिनेटमा गोल गरिन । यस्तै हेम्पले १८ औं, ४४ औं, ७६ औं र ८८ औं मिनेटमा गोल गर्दै ब्यक्तिगत ह्याट्रिक पुरा गरिन्।​

इंग्ल्याण्डका लागि रुसोले ७१ औं, ८१ औं, ८२ औं मिनेटमा गोल गरिन्। यस्तै टोनीले ४२ औं, स्टावेले ५२ औं, कार्टेरले ५६ औं, इंग्ल्याण्डले ६१ औं र ८४ औं र स्कटले ६७ औं तथा नोब्सले ८० औं मिनेटमा गोल गरिन्।

यो खेलमा तीन गोल गरेर नयाँ रेकर्ड बनाएकी एली ह्वाइटले कुल गोलसंख्या ४८ पुर्याएकी छिन्। उनी भन्दा पछाडी केली स्मिथ छिन्। उनको नाममा ४६ गोल छ।

अब ह्वाइटले अर्को खेलमा दुई गोल गरेमा ब्यक्तिगत नयाँ रकेर्ड बनाउने छिन्। उनी इंग्ल्याण्ड महिला फुटबल टिमका लागि ५० गोल पुरा गर्ने पहिलो खेलाडी हुने छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.