|

जुम्ला : जुम्लाको सिंजा गाउँपालिका २ स्थित घोडेङ्गामा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। 

कनकासुन्दरी गाउँपालिकाको गुठिज्युलाबाट नेपालगन्जतर्फ जाँदै गरेको ना ६ ख ४४३८ नम्बरको बस यात्रुवाहक बस आज बिहान दुर्घटना हुँदा घटना स्थलमै चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

प्रहरीका अनुसार घाइते दुई जनालाई कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्सबाट सदरमुकाम स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याईदैछ।

अहिले घटनास्थलतर्फ प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँसहित सुरक्षा टोली गइरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.