|

सोलुखुम्बु : नेपाली कांग्रेस सोलुखुम्बुको सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनबाट नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन्।

निवर्तमान सभापति विनोदकुमार बस्नेतलाई १४२ मत अन्तरले पछि पार्दै शेर्पा विजयी भएका हुन्।

मंसिर २ गते सम्पन्न पहिलो चरणको निर्वाचनमा सभापति पदका तीनजना उम्मेदवारले कांग्रेसको विधान बमोजिमको मत ल्याउन नसक्दा सो पदका लागि दोस्रो चरणको निर्वाचन भएको हो।

मंगलबार सम्पन्न मतदानमा ८९७ मत खसेको थियो। उक्त मतमध्ये सोलुदुधकुण्ड नगरपालिकाका मेयरसमेत रहेका शेर्पाले ५१३ र निवर्तमान सभापति बस्नेतले ४७१ मत प्राप्त गरेका थिए।

पहिलो चरणको निर्वाचनमा ८८२ मत खस्दा बस्नेतले ४२८ र शेर्पाले ४१८ मत प्राप्त गरेका थिए भने अर्का उम्मेदवार रामबहादुर बस्नेतले ५ मत प्राप्त गरका थिए। अघिल्लो मतपरिणामअनुसार १० मत अन्तरले अगाडि रहेका बस्नेत दोस्रो चरणको निर्वाचनमा भने १४२ मत अन्तरले हार बेहोरेका छन्।

यसअघि निर्वाचित भएका जिल्ला कार्यसमितिमा भने बिनोद बस्नेत समूहको बहुमत रहेको छ भने २५ महाधिवेशन प्रतिनिधिमा ५ जना मात्रै नाम्गेल जाङ्बु शेर्पा समूहबाट विजयी भएका छन्। जिल्लामा पूर्व-मन्त्री बलबहादुर केसी पक्षबाट विनोदकुमार बस्नेत प्यानल चुनावी मैदानमा थियो भने शेरबहादुर देउवानिकट पूर्व-जिल्ला पार्टी सभापति आङ्गेलु शेर्पा पक्षबाट नाम्गेल जाङ्बु शेर्पा प्यानल रहेको थियो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.