|

बैतडी : नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा सुदूरपश्चिम प्रदेशबाट २६ जना निर्वाचित भएका  छन्। सुदूरपश्चिमबाट केन्द्रीय कमिटीमा एक सचिवसहित २६ जना निर्वाचित भएका नवनिर्वाचित केन्द्रीय सदस्य लीलाधर भट्टले जानकारी दिए।

पार्टीको केन्द्रीय कमिटी ३०१ सदस्यीय रहेकोमा पहिलोपटक सुदूरपश्चिम प्रदेशबाट यति धेरैले केन्द्रीय कमिटीमा प्रतिनिधित्व गरेको  भट्टको भनाइ छ। 

पदाधिकारीमा भने पार्टीको केन्द्रीय सचिवमा लेखराज भट्ट निर्वाचित भएका छन्। यस्तै, केन्द्रीय सदस्यहरूमा डा. भीम रावल, कर्णबहादुर थापा, नारदमुनि राना, गणेश सिंह ठगुन्ना, लालबहादुर थापा, राजेन्द्रसिंह रावल, निरुदेवी पाल, भैरवबहादुर सिंह, झपट रावल, गौरी ओली, प्रकाशबहादुर शाह, दयालबहादुर शाही, पुरनसिंह दयाल,झपट बोहरा,लीला भण्डारी,पठानसिंह बोहरा,लीलाधर भट्ट,इन्दु कडरिया, नरबहादुर धामी, कृपाराम राना, गौरीशंकर चौधरी, अफिलाल ओखेडा, कमला वली,कमला बोहरा र सन्तोष शर्मा रहेका छन्। 

यसका साथै यस प्रदेशबाट हर्कबहादुर कुवर (गोविन्द )र ( लक्ष्मी शाह (अनुशासन आयोग) मा र वसुन्धरा रोकाया (लेखा आयोग)मा निर्वाचित भएका छन्। 

यही मङ्सिर १० गते नारायणगढस्थित नारायणी नदी किनारमा उद्घाटन भएको एमालेको १०औँ महाधिवेशनको बन्दसत्र सौराहामा सम्पन्न भएको थियो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.