‘राप्रपासँग हाम्रो विचार मिल्दैन’

|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै कटाक्ष प्रहार गरेका छन्। 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को उद्घाटन सत्रको सम्बोधन कार्यक्रममा प्रचण्डले एमाले महाधिवेशनलाई लिएर कटाक्ष गर्दै भने, ‘तपाईंहरूले जे गर्नुभयो यो महाधिवेशनको नाम पनि त्यही राख्नुभयो। तपाईंहरू तीनवटा मिल्नुभयो र महाधिवेशनको नाम एकता महाधिवेशन राख्नुभयो। तर, पार्टी फुटाएर तीन टुक्रा पारेर एकता महाधिवेशन भन्ने पनि भर्खरै हामीले देखेका छौँ।’

ओलीको नाम नलिए पनि प्रचण्डले उनलाई झुट र जालझेलमा लिप्त रहेको आरोप लगाए। राप्रपा र आफूहरूको धेरै कुरामा विचार नमिले पनि राष्ट्रियताकाे विषयमा एकमत रहेको दाबी गरे। 

प्रचण्डले भने, ‘तपाईंहरू र हाम्रो विचार र धारणा मिल्दैन। तर, राष्ट्रियताको विषयमा मिल्छ। मैले भन्ने गरेको हाम्रो गोत्र मिल्छ। लोकतन्त्रको परिभाषा नयाँ ढंगले परिभाषा गरिएको छ। राष्ट्रियताको विषयमा हामीले सबैले एकजुट भएर लाग्नुपर्छ। विचारमा विविधता हुनु ठूलो कुरा होइन।’
 
अध्यक्ष प्रचण्डले शान्ति सम्झौतापछि सबै जिम्मेवार बन्नुपर्ने संविधानलाई कार्यान्वयन गरेर जानुपर्नेमा जोड दिए। संविधान घोषणापछि पनि कसरी राष्ट्रिय एकता कायम राख्‍ने भन्ने कुराको चिन्ता भएकाले बेलामा राप्रपाले साथ दिएको उनको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.