|

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरूले चार दिनदेखि उपकुलपति कार्यालयमा धर्ना दिँदै आएका छन्। उनीहरूले त्रिविको दरबन्दीमा करार गर्नुपर्नेलगायत माग राख्दै गत आइतबारबाट पुन: आन्दोलन गरेका हुन्।

प्राध्यापकहरूले पटक-पटक आन्दोलन गर्दै आएका छन्। समान काम र समान ज्याला पाउनको लागि १८ वर्षदेखि आन्दोलन गर्दै आएको गोरखा क्याम्पसबाट आएका आंशिक प्राध्यापक सन्तोष श्रेष्ठले बताए। 

‘यहाँ चार पुस्ताका आंशिक शिक्षकहरू छन्,’उनले भने,‘हामीले काम गरेको कम्तीमा मासिक रूपमा पैसा पाऊँ भनी देशभरका आंशिक प्राध्यापक यो चिसोमा आइतबारदेखि बसेका छौँ,अहिलेसम्म त्रिविले केही माग पूरा गरेको छैन,यो रहर होइन हाम्रो बाध्यता हो।’

उनका अनुसार देशभरका ६० वटा आंगिक क्याम्पसका २२ सय आंशिक प्राध्यापक छन्। यी सबैको माग समान कामको समान ज्याला ग्यारेन्टी हुनुपर्ने, एक शैक्षिक सत्र पूरा गरेका सबै आंशिक प्राध्यापकलाई त्रिविको दरबन्दीमा करार गर्नुपर्ने र बौद्धिक शोषण अन्त्य हुनुपर्ने माग छ। माग पूरा नभएसम्म धर्ना जारी राख्ने उनीहरूकाे अडान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.