|

काठमाडौं : नेकपा (एमाले) का नेता भीम रावलले पार्टीलाई विधि र पद्धतिमा हिँडाउन आफूले अन्तिमसम्म प्रयत्न गरेको बताएका छन्। 

दशौं राष्ट्रिय महाधिवेशनमा अन्तिमसम्म अध्यक्ष पदको उम्मेदवारीबाट पछि नहटेका उनी केपी शर्मा ओलीसँग पराजित भएका थिए। आज सामाजिक सञ्जालमा लेख्दै उनले पार्टीलाई सिद्धान्त, विधि, पद्धति र राष्ट्रिय हित अनुकूलको बाटो हिँडाउन आफूले अन्तिमसम्म प्रयास गर्ने अठोट गरे अनुसार महाधिवेशनमा आवाज उठाउनुका साथै अध्यक्ष पदमा उम्मेदवारी दिएको प्रष्ट पारे।

उनले आफूलाई साथ, समर्थन, सहयोग, मत र उत्साह दिने सबैलाई धन्यवाद पनि दिएका छन्। उनले २०९६ मत खसेकोमा २२३ मत ल्याएका थिए। केन्द्रीय सदस्यमा विजयी भए पनि उनले त्यसलाई अस्वीकार गरी शपथग्रहण बहिस्कार गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.