|

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरू गफ गरेर जनतालाई अल्मल्याउने काम कहिल्यै नगर्ने बताएका छन्। 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन उद्घाटन समाराेहलाई सम्बोधन गर्दै उनले भने, ‘कम्युनिष्टहरू विकास र समृद्धिको झण्डा उठाउँछन्। एकीकृत समाजवादी पार्टी गठन गरेर परम्परागतभन्दा देश र जनताको पक्षमा काम गछौँ। समाजवादको पक्षमा काम गछौँ। सामाजिक र राजनीतिक अस्थिरताको बिषयमा हामीले परिवर्तन गछौँ। त्यसैले जनतालाई लक्षित गरेर काम गछौँ। गफाडी भएर जनतालाई अल्मल्याउँदैनौँ। काम गरेर देखाउँछौँ।’
 
राप्रपाले उठाएको राष्ट्रियताको झण्डा ठिक ढंगले अगाडि बढाउन  उनले आग्रह गरे। अध्यक्ष नेपालले भने, ‘तपाईहरूले तीन अध्यक्षको अनुभव गरिराख्नुभएको छ। हामी पनि दुई अध्यक्षको अनुभव गरेका थियौँ। तर, जनता र विधि अनुसार अगाडि बढ्न सकेनौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.