|

काठमाडौं : दोलखामा ६ दिनको नवजात शिशुसहित एक दम्पत्ती मृत भेटिएका छन्। तामाकोशी गाउँपालिका-२, झुलेमा एकै परिवारका ३ जना मृत भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार मृत्यु हुनेमा २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती २५ वर्षीया अम्बिका तामाङ र ६ दिनकी छोरी छन्। 

रातीको समय धुँवाले निस्सासिएर उनीको मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। ‘उनीहरूको कोठामा कोइला बालेको भेटिएकाले धुँवाले निसासिएर मृत्यु भएको हुन सक्ने हाम्रो अनुमान छ’ रिजालले भने, ‘राती शिशुलाई सेकाउन कोइला बालेर ननिभाएरै सुतेको देखिन्छ।’

घटनाको बास्तविक कारण भने पोष्टमार्टम पछि मात्रै पत्ता लाग्ने उनले सुनाए। शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालतर्फ ल्याउँदै गरिएको रिजालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.