|

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले यही मंसिर १६ गते बाला चतुर्दशी पर्वको अवसरमा पशुपतिमा नशालु पदार्थ बिक्री वितरण गर्न रोक लगाएको छ। बुधबार जिल्ला प्रशासनले एक सूचना जारी गर्दै सबैलाई यस्तो निर्देशन दिएको हो। 

‘तीर्थयात्री भक्तजनलाई पशुपति क्षेत्रमा मांस-मदिरा तथा नशालु पदार्थ बिक्री वितरण तथा सेवन नगर्नु/नगराउनु हुन सम्बन्धित सबैमा अनुरोध छ,’सूचनामा उल्लेख छ।

सूचनाविपरीत क्रियाकलाप गरेको पाएमा प्रचलित कानुनबमोजिम कारबाही हुने प्रशासनले जनाएको छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.