|

जीवन र मृत्युको संघर्षमा  चेतना, विवेक, अवलोकन, मापन परीक्षण अनुसन्धानका माध्यमबाट मानव आयुलाई लम्ब्याउन र पीडाहरूलाई कम गर्न अनेक प्रयासहरू चिकित्सकीय प्रयास भइरहेका छन्।

जीजीविषाको अभिलाषा सबैभन्दा तीब्रतर हुने भएकाले हजारौँ चिकित्सा वैज्ञानिकहरू आज पनि मानिसको दीर्घायुका उपाय खोज्न अति धेरै समय खर्चिरहेका छन्। यिनै प्रयासका फलस्वरूप मानिसको औसत आयु बढ्दै छ। जापानमा अहिले पनि १०० बर्ष बढी बाँच्नेको संख्या निरन्तर बढ्दो छ।

नेपालमा अहिले औसत आयु ६९ वर्षभन्दा बढी पुग्नुमा चिकित्साविज्ञानको अति ठूलो योगदान छ। अति नै असाध्य क्षयरोगको उपचार अहिले सहज रुघाखोकी भएको छ, विफर, पोलियो, दादुरा, लगभग समाप्त भएको अवस्था छ। कोभिडलाई परास्त गर्नका लागि पनि अनेक प्रकारका भ्याक्सिन विश्वमा मानिसले प्राप्त गरी रहेको छ। 

रक्तदान जीवनदान भन्ने नारा सर्वत्र सुन्न पाइन्छ। तर यसको वास्तविकता त्यतिबेला थाहा हुन्छ, जतिबेला कोही आफन्तलाई शल्यक्रियाका लागि ४- ५ पोका रगतका लागि भौतारिन पर्छ। अनेक ब्लडबैंक, रेडक्रस कार्यालय आदिमा फोन गर्दा पनि यहाँ अमुक ग्रुपको ब्लड छैन भन्ने जवाफ आउँछ।

सन् २०२१ को नोबेल पुरस्कार पाएका अमेरिकी वैज्ञानिकहरूले मानिसको अँगालोबाट आउने तापक्रम र स्पर्शमा पनि उपचार गर्ने क्षमता छ र यसले गर्दा शरीर र चिकित्साबीच सम्बन्ध छ भन्ने पत्ता लगाएका छन्। औषधि विज्ञानको यो गहन उपलब्धिले मानव जीवनलाई अति नै सरल र सहज बनाएको छ ।

यी सबै औषधीय चमत्कारका बीचमा मानिसले अर्को नयाँ आविष्कार गर्‍यो जसमा एउटा मानवअंगलाई अर्को रोगी व्यक्तिमा ट्रान्सप्लान्ट गरेर उपचार गर्ने पद्धतिको पनि विकास भएको छ। आजकल मिर्गौला, कलेजो, आँखा जस्ता मानव अंग सजिलै अर्कामा सारेर पनि मानिसलाई बचाइन्छ। जीवनलाई मृत्युदेखि टाढा राख्न अनेक प्रयास भएका छन्। 

यस अतिरिक्त मानव आरोग्यमा अति नै प्रभाव पारेको आविष्कारमध्ये एक रगतलाई एक शरीरबाट कुनै तरिकाले अरूलाई दिइनु पनि हो।

विभिन्न उपचारमध्ये रगतको हस्तान्तरण पद्धतिले पनि मानव आयु बढ्नुमा धेरै सहयोगी सिद्ध भएको छ।

अहिले विश्वमा लाखौँ मानिसले रक्तदान गरेर रक्तअल्पता लगायत अनेक रोगीहरुको जीवन बचाउन आफ्नो योगदान गरी रहेका छन्।

रक्तदान जीवनदान भन्ने नारा सर्वत्र सुन्न पाइन्छ। तर यसको वास्तविकता त्यतिबेला थाहा हुन्छ, जतिबेला कोही आफन्तलाई शल्यक्रियाका लागि ४- ५ पोका रगतका लागि भौतारिनु पर्छ। अनेक ब्लडबैंक, रेडक्रस कार्यालय आदिमा फोन गर्दा पनि यहाँ अमुक ग्रुपको ब्लड छैन भन्ने जवाफ आउँछ।

जतिबेलासम्म मानिस आफैंलाई रगत अभावको छटपटाहट महसुस हुँदैन, तबसम्म रक्तदानको महत्व पनि थाहा हुँदैन। र, रगत दान गर्नुपर्छ भन्ने भाव उत्पन्न पनि हुँदैन।

रगतको अभाव जतिबेला पनि जसलाई पनि परिरहने हुनाले स्वस्थ्य र सक्षम मानिसले सकेसम्म धेरैपटक रगत दान गर्नु धर्म हो।  मन मन्दिर, मस्जिद,चर्च, गुरुद्वाराका भगवान् जहाँ भए पनि धर्तीका साना साना भगवान् रक्तदाता नै हुन् जसले अरूको ज्यान बचाउनका लागि ठूलो भूमिका खेलेका छन्। आज मानवजीवन जति सहज र दीर्घजीवी भएको छ यसमा रक्तदाताको योगदान अति नै उल्लेख्य छ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रत्येक वर्ष ११८.५ मिलियन पिन्ट रगत जम्मा गरेर अन्य मानिसलाई दिइन्छ। रक्तदानको कुनै मूल्य तोकिँदैन। दाताहरूले स्वेच्छा रक्तदान गर्छन्। अन्य मानिसको जीवनलाई सहज बनाउन प्रत्यक्ष भूमिका निर्वाह गरिरहेका छन्।

त्यसैले हामी स्वस्थ र तोकिएको मापदण्डअनुसार रक्तदान गर्न सक्ने अवस्थामा छौँ भने यस पुण्यकार्यमा कन्जुस्याइँ नगरौँ। अहिले विश्वका गरिब देशका करोडौँ ५ वर्षमुनिका बालकहरूलाई रक्तदानबाट बचाउने बाध्यता छ।

सन् १६२८ माविलियम हार्वेले मानिस बाँच्नका लागि शरीरमा रक्तसञ्चार भइरहेको छ भन्ने कुरा पत्ता लगाएका थिए। १६६५ मा रगत एक व्यक्तिबाट अर्को व्यक्तिमा सार्न सकिन्छ भन्ने कुरा पत्ता लगाइएको थियो। पछि सन् १७९५ मा परीक्षणका रुपमा पहिलोपटक रगत एक व्यक्तिमा सार्ने काम डा. फिलिप स्यामफिजिकले गरेका थिए। 

एक तथ्यांकअनुसार अमेरिकाका अस्पतालमा हरेक दिन ३६ हजार पिन्‍ट रगत  ७ हजार पिन्ट प्लेटलेट्स र १० हजार युनिट प्लाज्माको माग हुन्छ। यो संख्या गरिब देशमा अझै बढी हुन्छ किनकि सन्तुलित आहारको कमीले गर्दा रक्तअल्पता गरिब देशमा थप विकराल छ। त्यसैले मानवताप्रति जिम्मेवार युवाहरूले रक्तदान गर्न हिच्किचाउन हुँदैन।

सन् १८१८मा  जेम्स व्यून्डेलले स्वास्थ्य उपचारका लागि  नै रगत चढाउने काम गरेका थिए।  यो केबल एक व्यक्तिबाट अर्को व्यक्तिमा सार्ने काम गरेका हुन्। तर, वास्तव रगत नभएसम्म यो सार्न सम्भव छैन। रगत  प्रयोगशालामा बनाउन सकिदैन। कुनै वेबसाइटबाट डाउनलोड गर्न पनि मिल्दैन।

त्यसैले रगतदान मानिसले गर्नुपर्छ। यस कारणले रक्तदान गर्ने मानिस अरू कसैको ज्यान बचाउने देव दूतको रूपमा रहेको हुन्छ। रक्तदानले गर्दा जातिपाति, धर्म, रंग, आदि सबै प्रकारका विभेदको अन्त्य गर्न सहयोग गरेको छ।

वीरेन्द्र प्रहरी अस्पतालको ल्याब डिपार्टमेन्टमा काम गरी हाल अवकाश प्राप्त दामोदर गौतमले आफ्नो उमेरमा १९ पटक रक्तदान गरेका थिए। उनका अनुसार रक्तदानबाट आफूलाई कहिल्यै कमजोरी नभएको र रक्तदानले जुन अर्थमा पनि धर्म हुने कुरा भन्ने गर्छन्।

 विश्व स्वास्थ्य संगठनको वेबसाइटमा उल्लेख भएको एक तथ्यांकका अनुसार १८ वर्षदेखि ६५ वर्षबीच उमेर समूहका जो कसैले चिकित्सकसँग सल्लाह गरेर रक्तदान गर्न मिल्ने लेखिएको छ।

एक तथ्यांकअनुसार अमेरिकाका अस्पतालमा हरेक दिन ३६ हजार पिन्‍ट रगत  ७ हजार पिन्ट प्लेटलेट्स र १० हजार युनिट प्लाज्माको माग हुन्छ। यो संख्या गरिब देशमा अझै बढी हुन्छ किनकि सन्तुलित आहारको कमीले गर्दा रक्तअल्पता गरिब देशमा थप विकराल छ। त्यसैले मानवताप्रति जिम्मेवार युवाहरूले रक्तदान गर्न हिच्किचाउन हुँदैन।

मेडिकल डेली अनलाइनमा रक्तदान गर्दा हुने केही फाइदा पनि औँल्याइएको छ। जस्तै रक्तदानले मुटुलाई स्वस्थ्य र कार्यशील राख्छ।  क्यान्सरको जोखिमलाई तुलनात्मक रूपमा घटाउँछ। जेम्स हेरिसन भन्ने व्यक्तिले आफ्नो दुर्लभ ब्लडग्रुप भएको कारण २० लाख मानिसको ज्यान बचाएका छन्।

सबैभन्दा बढी रक्त क्यान्सरका बिरामीलाई दिनुपर्छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले ८ महिना लामो उपचारपछि एक रक्त क्यान्सरका बिरामीलाई निको पारेर घर पठाउँदासम्म सयौँ पोका रगत चढाएको थियो।

यसरी रक्तदान गर्ने मानिसहरूको कारणले लाखौँ मानिसको ज्यान बाँच्न सम्भव हुने भएकाले यस महान् र पुण्यकार्यमा हामी सबै अग्रसर हुन आवश्यक छ।

विश्वभर ३८ प्रतिशत मानिसमा ‘ओ’पोजिटिभ र ३४ प्रतिशत मानिस ‘ए’पोजिटिभ रगत हुन्छ। त्यसैगरी, ‘बि’पोजिटिभ ९ प्रतिशतमा, ‘एबि’पोजिटिभ ३ प्रतिशतमा पाइन्छ। ‘ओ’ नेगेटिभ ७ प्रतिशत, ‘ए’ नेगेटिभ ६ प्रतिशत, एबि नेगेटिभ, १ प्रतिशत, र बि नेगेटिभ २ प्रतिशतमा पाइने तथ्यांक भए पनि नेपालमा ‘ओ' नेगेटिभ ब्लड पाउन कठिन हुने गरेको बताइन्छ।

तथ्यहरूले जे बताए पनि एउटा स्वस्थ्य मानिसको रगतले रगतको खोजीमा रहेको अर्को मानिसको ज्यान बचाउन सक्‍ने भएकोले रक्तदानका विषयमा गम्भीर र सकारात्मक हुनुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.