|

बर्दिया : ठाकुरबाबा नगरस्तरीय चौथो राष्ट्रपति रनिङ सिल्डको उपाधि यस jर्ष पनि त्रिभुवन नमुना मावि भुरिगाउँले जितेको छ।

१४ स्वर्ण, ४ रजत र ४ कास्य पदकसहित राष्ट्रपति तथा नगरस्तरीय चौथो रनिङ शिल्डको उपाधि त्रिभुवन माविले जितेको हो।

कुल ३० स्वर्ण, ३० रजत तथा ३२ कास्य पदकका लागि भएको प्रतिस्पर्धामा नेपाल राष्ट्रिय मावि कर्मलाले ५ स्वर्ण, ७ रजत र ३ कास्यसहित द्वितीय स्थान हात पारेको छ।

४ स्वर्ण, ५ रजत र ५ कास्यसहित चुरे मावि बगनाहले तृतीय स्थान हात पारेको छ।

त्रिभुवन नमुना माविले गएको वर्ष पनि रनिङ शिल्डको उपाधि जितेको थियो। त्रिभुवनले अहिलेसम्म ३ वटा शिल्ड भित्र्याइसकेको छ।

यसैबीच खेल अवधिभर उत्कृष्ट खेल्ने खेलाडीहरूलाई पनि सम्मान तथा पुरस्कार प्रदान गरिएको छ।

भलिबलतर्फ उत्कृष्ट खेलाडी बर्दिया एकेडेमीकी कल्पना शाही र चुरे माविका दिपेन्द्रबहादुर साउद छनोट भएका छन्।

यस्तै कबडीतर्फ जगदम्बा माविकी मोनिका थारु र त्रिभुवन माविका शंकर थारु उत्कृष्ट रेडर भए भने चुरे माविकी पुनम थापा र त्रिभुवन नमुनाका शिशिर परियार उत्कृष्ट डिफेन्डर घोषित भए।

एथ्लेटिक्सतर्फ त्रिभुवन नमुनाका रेशु थारु र रोसन थारु उत्कृष्ट खेलाडी छनोट भएको आयोजकले जनाएको छ।

राष्ट्रपति रनिङ शिल्डमा माविस्तरीय भलिबल, सय मिटर, २ सय मिटर, ४ सय मिटर र ८ सय मिटर, १५ सय मिटर तथा ३ हजार मिटर दौड र सय गुणा चार रिले, सटपुट, लङजम्प, ट्रिपल जम्प, जेभलिन थ्रो, कबड्डीलगायत १५ इभेन्टमा छात्र छात्रा गरी ३० इभेन्टका खेल खेलाइएको ठाकुरबाबा शिक्षा शाखा अधिकृत सीता भण्डारीले जानकारी दिइन्।

खेलकुद प्रतियोगिता गएको मंसिर ९ गते सुरु भएर मंगलबार सकिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.