|

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले नक्कली ब्लुबुक बनाई चोरीका मोटरसाइकल चलाउने दुई जनालाई नियन्त्रणमा लिएको छ।

महाशाखाको पीडित सहायता इकाईबाट सादा पोसाकमा खटिएको टोलीले बौद्धबाट प्रदेश ३ –०२–०१४ प ७८३७ नम्बरको पल्सर मोटरसाइकलको नक्कली ब्लुबुक बनाई चलाउने दुई जनालाई पक्राउ गरेको हो।

बास्तविक नम्वर परिवर्तन गरि नक्कली ब्लुबुक बनाएर मोटरसाइकल चलाइरहेको अवस्थामा काभ्रे पाँचखाल–४ घर भई बालाजु बस्ने ३० वर्षीय दिलिप राई चालक र पछाडि सवार गोरखा पालुङटार–९ बस्ने २५ वर्षीय नविन कोइरालालाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।

उक्त मोटरसाइकलको वास्तविक नम्बर प्रदेश ३ –०२–०११ प ४४०४ हो। पक्राउ भएको मोटरसाइकल जडीबुटीबाट हराएको भनी दुर्गानारायण श्रेष्ठले हुलियासहितको निवेदन महाशाखामा दिएका थिए।

पक्राउ परेकाहरूलाई चोरी मुद्दामा अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरमा पठाइएको महाशाखाले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.