|

काठमाडौं : पेरिस सेन्ट जर्मेइन (पिएसजी)  घरेलु मैदानमा जारी सिजन पहिलो पटक गोलरहित बराबरीमा रोकिएको छ।

फ्रेन्च लिग वानमा नाइस विरुद्धको खेलमा लियोनेल मेसी र केलियन एम्बाप्पेले गरेका सबै गोल प्रयास असफल हुँदा  पिएसजी सिजनको दोस्रो तथा घरेलु मैदानमा पहिलो बराबरीको सिकार भयो।

नेयमार विना मैदान उत्रिएको पिएसजीले गोलका लागि अनेकन प्रयास गरेको थियो। उसले नाइसको पोस्टमा २२ सट प्रहार गरेपनि गोल गर्न भने सकेन। नेयमार भने एंकल इन्जुरीका कारण अब ८ साता मैदान बाहिर हुने छन्। बराबरी पछि पनि माउरिसियो पोचिटिन्होको पिएसजीले शिर्ष स्थानमा १२ अंकको अग्रता कायम राखेको छ।

पिएसजीले खेल अघि आफ्ना अर्जेन्टिनी फर्वाड लियोनेल मेसीले सातौं पटक जितेको बालोन डि'ओर समर्थक सामु राखेको थियो। त्यस्तै गोलरक्षक जियानलुइगी डनारुम्माले जितेकव सर्वश्रेष्ठ गोलरक्षक ट्रफि यशिन ट्रफि पनि समर्थक सामु सो गरिएको थियो।

जारी सिजन पिएसजीको यो तेस्रो जित विहिन यात्रा हो। २ खेलमा बराबरी खेलेको पिएसजीले १ खेलमा हार भोगेको छ। पिएसजीले २२ सट प्रहार गरेरपनि गोल निकाल्न नसकेको यो २०१६ पछि पहिलो पटक हो।

पिएसजीले अंक तालिकामा १६ खेलबाट ४१ अंक बनाएको छ। त्यस्तै दोस्रो स्थानको मारसेलिको १५ खेलबाट २९ अंक रहेको छ। त्यस्तै रेनेसको २८ अंक हूँदा चौंथो स्थानको नाइसको २७ अंक छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.