|

इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदारी होड रोमाञ्चक बन्दै गएको छ। शीर्ष स्थानको चेल्सीलाई म्यानचेस्टर सिटी र लिभरपुलले कडा टक्कर दिइरहेका छन्।

बुधबार राति भएको खेलमा शीर्ष तीनमा रहेका सबै तीन टिमले आ-आफ्नो खेलमा जित निकाले।चेल्सीले वार्टफोर्डलाई २-१ ले पराजित गर्दा सिटीले एस्टन भिल्लालाई २-१ ले नै हरायो। त्यस्तै, लिभरपुल शहरी डर्वी एभर्टनमाथि ४-१ को जित निकाल्न सफल भयो।

सल्लाहको दुई गोल

गोडिसन पार्कमा लिभरपुलको जितमा मोहमद्ध सलाहले दुई गोल गर्दै लिभरपुलको दबदबा कायम राख्‍न सफल भए। सुरुवाती अग्रता भने हेन्डरसनले ९औँ मिनेटमै गोल गर्दै दिलाएका थिए। मोहमद्ध सलाहले १९औँ मिनेटमा टीमको अग्रता दोब्बर बनाए। उनले हेन्डरसनको पासलाई सदुपयोग गरेका थिए।

तर घरेलु मैदानमा ग्रे ले ३८औँ मिनेटमा रिचार्लिसोनको पासलाई सदुपयोग गर्दै खेल २-१ को अवस्थामा ल्याए तर लिभरपुलले दोस्रो हाफमा थप दुई गोल गर्दै जित निश्चित गर्‍यो। ६४औँ मिनेटमा सलाहले व्‍यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दा चौंथो गोल जोताका नाममा रह्यो। उनले ७९औँ मिनेटमा गोल गरेका थिए।

चेल्सीको जित जारी

थोमस टुचेलको चेल्सीले आफ्नो शीर्षता कायम राख्ने क्रममा वार्टफोर्डमाथि २-१ को जित निकाल्यो। चेल्सीलाई अग्रता दिलाउने क्रममा मेसन मउन्टले २९ औ मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए।

तर, पहिलो हाफमानै खेलमा फर्कने क्रममा वार्टफोर्डका इमानुएल डेनीसले ४३ औ मिनेटमा बराबरी गोल फर्काए। यद्धपि चेल्सीका लागि निर्णायक गोल भने ७२ औ मिनेटमा हाकिमी जिचले सम्भव बनाएका थिए।

सिटी १ अंकले पछि

त्यस्तै, अंक तालिकामा चेल्सीलाई पछ्यारहेको पेप ग्वार्डओलाको सिटीले पहिलो हाफमा गरेको २ गोल नै निर्णायक बन्यो। स्टेफन जेराडको एस्टन भिल्लालाई पराजित गर्ने क्रममा सिटीका लगि रुवेन डायसले २७औँ मिनेटमा स्ट्रलिङको एसिस्टको सदुपयोग गरे पहिलो हाफमै दुई गोलको अग्रता बनाउने क्रममा बर्नान्डो सिल्भाले गाव्रियल जेससको पासलाई ४३ औ मिनेटमा सदुपयोग गर्न सफल भएका थिए।

यद्धपि, दोस्रो हाफको सुरुवातमै एस्टन भिल्लाले खेलमा फर्कने प्रयास गर्‍यो। उसका लागि वाटकिन्सले ४७औँ मिनेटमा गोल गरे पनि सिटीसँग अंक खोस्न पर्याप्त भएन।

बुधबार नै भएका अन्य खेलमा लेस्टरसले साउथहेम्टनसँग २-२ गोलको बराबरी खेल्दा वेष्ट ह्याम ब्राइटनसँग १-१ को बराबरीमा रोकियो। त्यस्तै वल्भस र बर्नलीले गोलरहित बराबरी खेलका थिए।

प्रिमियर लिगमा चेल्सी १४ खेलबाट ३३ अंकका साथ शीर्ष स्थानमा छ भने सिटी ३२ अंकका साथ दोस्रो र लिभरपुल ३१ अंकका साथ तेस्रो स्थानमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.