|

म्याग्दी : प्राकृतिक सुन्दरताले भरिपूर्ण मुस्ताङमा पछिल्लो समय भौतिक पूर्वाधार निर्माणले पनि गति लिन थालेपछि मुस्ताङको मुहार थप उज्यालिँदै गएको छ।

धवलागिरि,नीलगिरि लगायतका हिमालको काखैमा रहेको मुस्ताङमा सडक कालोपत्रे गरिएपछि यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई निकै सहज भएको छ। पिच सडकले यात्रुलाई सुविधा हुनुका साथै मुस्ताङको सौन्दर्यलाई समेत थप टेवा पुर्‍याएकाे स्थानीयले बताएका छन्।

जोमसोमदेखि कागबेनीसम्मको सडकको रौनक फेरिएको छ। नयाँ-नयाँ डिजाइनका घर बन्ने क्रम बढेको छ भने नदी  तथा खोलाहरूमा पुल बनिरहेका स्थानीय छेप्तेन गुरुङले जानकारी दिए।

कागबेनीमा होटल चलाउँदै आएका गुरुङका अनुसार मुस्ताङमा याक गुम्बा, नीलगिरि, धौलागिरिलगायत हिमाल, तालहरू, कागबेनी, मुक्तिनाथ मन्दिर, गुम्बाहरू, उपल्लो मुस्ताङमा रहेका धुले पहाड, नेपाल र चीनबीचको सिमाना, स्याउबारीलगायत धेरै स्थान हेर्नका लागि पर्यटक आउने गरेका छन्।

पछिल्लो समय होटल तथा लजहरूको संख्या वृद्धि हुनेक्रम बढेको छ। स्थानीय तहहरूले पनि आ-आफ्नो पालिकामा विकास गर्ने प्रतिस्पर्धाका कारण मुस्ताङको मुहार उज्यालो बन्दै गएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.