चतुरबहादुर भन्छन् : शेरबहादुर दाइलाई सहयोग रहन्छ

|

धनगढी : सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको प्रदेश अधिवेशन आजदेखि सुरू भएको छ। यसअघि दुई दिन ढिलो प्रदेश अधिवेशन गर्ने भनिएकोमा पूर्वनिर्धारित मितिअनुसार आजदेखि प्रदेश अधिवेशन सुरू हुन लागेको हो।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सातवटै प्रदेशको अधिवेशन एकैसाथ उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

सुदूरपश्चिम प्रदेश अधिवेशनको तयारी पनि पूरा भएको कांग्रेस कैलालीका प्रचारप्रसार समितिका संयोजन नृप सुनारले जानकारी दिए। उनका अनुसार धनगढीमा बिहान साढे ८ बजेदेखि सहभागी दर्ताको तालिका छ भने दिउँसो २ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। भोलि मनोनयन र पर्सि मतदान गर्ने तालिका बनाइएको छ।

सुदूरपश्चिमका ७ जिल्लामा नेतृत्व चयन भएसकेको छ भने कैलाली र अछाममा जिल्ला अधिवेशन हुन सकेको छैन। प्रदेशमा नेपाली कांग्रेसबाट पूर्वसंघीय राज्यमन्त्री, सुदूरपश्चिम प्रदेशसभा सदस्य, जिल्ला सभापतिहरू, युवा तथा विद्यार्थी नेताहरूले पनि सभापतिमा इच्छा देखाएका छन्।

कैलाली जिल्ला सभापति नरनारायण शाह, नेपाल विद्यार्थी संघका पूर्व-केन्द्रीय उपाध्यक्ष तथा डोटीबाट विजयी महाधिवेशन प्रतिनिधि पुष्प शाही, पूर्व-परराष्ट्र राज्यमन्त्री तथा बझाङका कांग्रेस नेता अर्जुनजंगबहादुर सिंह, पूर्व-सञ्चार राज्यमन्त्री तथा अछामका कांग्रेस नेता गोविन्दबहादुर शाह, सुदूरपश्चिम प्रदेशसभा सदस्य गोविन्द बोहरा र कैलालीका हिमबहादुर रावलले प्रदेश सभापतिमा दाबेदारी पेश गरेका छन्।

सभापतिका दाबेदार सबै देउवा पक्षका हुन्। सुदूरपश्चिममा प्रदेश र महाधिवेशन प्रतिनिधि ७० प्रतिशत देउवा पक्षका विजयी भएका छन्। यस्तै, अछामका बलबहादुर कुँवर, अम्बिका चलाउने र कैलालीका उत्तम कठायतले प्रदेश महामन्त्रीमा दाबी गरेका छन्।

सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि कांग्रेसले कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूलाई संयोजक तोकेर खटाएको छ। मन्त्री बडू धनगढी आइसकेका छन्। यस्तै, धनगढीमा एनपी साउँद, रमेश लेखक, वीरबहादुर बलायर र बद्री पाण्डे आइपुगेका छन्। यिनै नेताहरूका वरिपरि अहिले लाइन मिलाउन कार्यकताको दौडधुप चलेको हो।

चतुरबहादुर भन्छन् : शेरबहादुर दाइलाई सहयोग रहन्छ

नेपाली कांग्रेसको बैतडी जिल्ला सभापतिमा विजयी भएका चतुरबहादुर चन्दको गणना संस्थापनइतर पक्षमा हुन्छ। तर, संस्थापन अर्थात् वर्तमान सभापति शेरबहादुर देउवा पक्षले पनि चन्द आफ्नो टिमको रहेको दाबी गर्दै आएको छ।

संस्थापन इतरसँगै देउवा पक्षको समेत साथ पाएर जिल्ला सभापतिमा विजयी भएका चन्दले पनि महाधिवेशनमा देउवालाई सहयोग रहने बताएका छन्।

संस्थापनइतर पक्षका नेता दिलेन्द्र बडूले पनि देउवालाई महाधिवेशनमा सहयोग हुने आश्वासन दिएको चर्चा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.